नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
दिङ्गला भोजपुर


  

  • स्थानिय मदिरा उत्पादन बन्द गर्ने सम्बन्धमा २०७२-५-१४

    यस दिंला इलाका क्षेत्रमा अवैध रूपमा स्थानिय  मदिरा उत्पादन गरी बिक्री वितरण गर्ने गरिएकाे जनगुनासाे अाइरहेकाे सम्बन्धमा त्यसताे कार्य नगर्न नगराउन हुन सबैलाइ सूचीत गरिन्छ अन्यथा प्रचलित कानूनबमाेजिम दण्ड सजाय गरिने ब्यहाेरा पनि जानकारी गराइन्छ ।

  • नागरिकता सम्बन्धी २०७२-१-२

    यस ईलाका प्रशासन कार्यालय दिंला तथा जिल्ला प्रशासन कार्यालय भोजपुरमा द्धन्दको समयमा मिति २०६०-११-१९ मा आगलागी भई कार्यालयको सम्पूर्ण अभिलेख जलि नष्ट भएकोले उक्त मिति भन्दा अघि जारी भएका नागरिकताबाट राहदानी बनाउनको लागि यस कार्यालयमा समेत अभिलेख कायम गर्नु पर्ने भएको हुँदा प्रतिलिपी नागरिकता लिनु पर्ने व्यहोरा सबैका लागि जानकारी गराईन्छ । पुनश्च - मिति २०५७ मंसिर बाट २०५८ मंसिर सम्ममा बनाएका नागरिकताहरुको ८० प्रतिशत सम्म अभिलेख यस ईलाका प्रशासन कार्यालयमा रहेको समेत जानकारी गराइन्छ ।

  • सरकारी कार्यालमा प्लास्टिकका झाेला निषेध २०७१-५-२३

    निजामती सेवा दिवस, २०७१ मनाउने क्रममा अाज मिति २०७१/०५/२२ गते बाट जिल्ला स्थित सबै सरकारी कार्यालाय र निवास (क्वाटर) परिसर भित्र प्लास्टिक झोला निषेध गरिएको व्यहोरा सबै सर्वसाधारण तथा सेवाग्राहीलाइ यसै सुचनाद्धारा सुचित गराइन्छ । साथै यस घाेषणाको प्रभावकारी कार्यन्वयन गर्न सवै कार्यालयहरुलाइ जानकारी गराइन्छ । जिल्ला प्रशासन कार्यालय, भाेजपुर ।

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय