नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
दिङ्गला भोजपुर


बजार अनुगमन

मिति २०७४/५/२२ गतेको दिन इलाका प्रशासन कार्यालय दिङला, षडानन्द नगरपालिका, इलाका प्रहरी कार्यालय दिङला लगायतका संयुक्त बजार अनुगमन टोलीद्वारा दिङला बजार क्षेत्रको बजार अनुगमन गरियो । अनुगमनको क्रममा दर्ता नभएका पसलहरुलाई यथाशिघ्र दर्ता प्रकियामा आउन र दर्ता भएर पनि नवीकरण नगरेका पसलहरुलाई दर्ता नवीकरण गर्न निर्देशन दिइयो। अनुगमनको क्रममा प्राय जसो पसल संचालकहरुलाई खाद्य सामग्रीको उत्पादन मिति र उपभोग मितिको बारेमा जानकारी नै नभएको र उपभोग मिति सकिएका / म्याद गुज्रेका खाद्य सामग्री खरिद विक्री गर्न नहुने बारे अनभिज्ञ रहेको पाइयो । तसर्थ पसल संचालकहरुलाई खाद्य सामग्रीहरुको उत्पादन मिति र उपभोग मितिको बारेमा जानकारी गराई म्याद गुज्रेका खाद्य सामग्री खरीद विक्री नगर्न समेत सचेत गराइयो भने अनुगमनको क्रममा फेला पारेका म्याद गुज्रेका सामानहरु अनुगमन टोली सदस्यहरुको रोहवरमा अनुगमन स्थलै नष्ट गरियो।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय