नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
दिङ्गला भोजपुर


माना कुरुवा निषेध गरिएको

आज मिति २०७४/५/२४ गते शनिवारको दिन दिङ्ला बजारको शनिवारे हटियामा संयुक्त बजार अनुगमन टोलीद्वारा अनुगमन गरियो । बारम्बारको गुनासो साथै दिङ्ला नारी समाजको लिखित निवेदनको आधारमा हटियामा खरिद विक्रीको लागि प्रयोग गरिने माना कुरुवाहरुको माप सही नभएको तथा एकरुपता पनि नभएकोले उपभोक्ताहरु ठगिएको हुँदा अब उपरान्त खाद्य सामग्रीको खरिद विक्री गर्दा माना कुरुवाको प्रयोग निषेध गरिएको र अनिवार्य रुपमा ढक तराजुको प्रयोग गर्नुपर्ने भनी सम्पूर्ण व्यापारीहरुलाई मौखिक रुपमा सचेत गराइयो । यदि यसलाई अवज्ञा गरी माना कुरुवाको प्रयोगलाई निरन्तरता दिएमा माना कुरुवाका साथै विक्री गर्न ल्याइएका सामग्री समेत जफत गरिने जानकारी गराइयो । त्यसैगरी ढक तराजु प्रयोग गर्नेहरुले पनि विक्री गर्न ल्याएको सामानलाई नै तौलेर ढकको रुपमा प्रयोग गरीआएकोमा अब उपरान्त त्यसरी तौल नगरी ढककै प्रयोग गर्न सचेत गराइयो ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय