नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
दिङ्गला भोजपुर


बजार अनुगमन

आज मिति २०७४/५/२८ गतेको दिन इलाका प्रशासन कार्यालय दिङला, षडानन्द नगरपालिका, इलाका प्रहरी कार्यालय दिङला लगायतका संयुक्त बजार अनुगमन टोलीद्वारा भाद्र २२ गते अनुगमन गर्न बाँकी रहेका दिङला बजार क्षेत्रको बजार अनुगमन गरियो। जम्मा ७१ वटा पसलहरुको अनुगमन गरिएकोमा ४२ वटा पसल दर्ता भएको, २९ वटा दर्ता नभएको पाइयो। दर्ता भएका पसल मध्ये २१ वटाको दर्ता नवीकरण गर्न बाँकी रहेकोले यथाशिघ्र नवीकरण गर्न सचेत गराइयो भने दर्ता नभएका पसलहरुलाई दर्ता प्रकियामा आउन निर्देशन दिइयो। त्यसैगरी पसल संचालकहरुलाई खाद्य सामग्रीको उत्पादन मिति र उपभोग मितिको बारेमा पनि जानकारी गराइयो।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय